बुटवल । नेपाल कम्यूनिष्ट पार्टी (मशाल)का महासचिव सन्तबहादुर नेपालीले देश चरम भ्रष्टाचारको चङ्गुलमा फस्दै गएको बताउनुभएको छ । उहाँले भ्रष्टाचार र भ्रष्टचारीलाई प्रत्साहित गर्ने यो व्यवस्था नै खराव रहेको भन्दै यो व्यवस्था परिवर्तनको विकल्प नरहेको समेत दावी गर्नुभयो । यो व्यवस्थामा जनताको दवावद्वारा भ्रष्टचारमा केही नियन्त्रण गर्न सकिने भएपनि मुलरूपमा भ्रष्टाचारको अन्त्य गर्न नसकिने तर्क गर्नुभयो ।
सोमबार बुटवलमा भएको भ्रष्टाचार र नियन्त्रणको पश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव नेपालीले यो व्यवस्थाको उपज नै भ्रष्टाचार भएकोले यसको अन्तयका लागि व्यवस्था नै बदल्नु पर्ने कुरामा जोड दिनुभयो । उहाँले राजनीतिक नेतृत्व तथा कर्मचारी तन्त्रमा हुने भ्रष्टाचारले नेपाल टाट पल्टिने दिश तर्फ अग्रसर भैरहेको बताउनुभयो । नेपाल संघीयतामा गएसँगै भ्रष्टाचार स्थानीय स्तर सम्मै संस्थागत हुँदै गएको भन्दै नेता नेपालीले नेपालमा भ्रष्टाचार निकै डरलाग्दो रूपमा विकास भइरहेको तर्फ चिन्ता समेत ब्यक्त गर्नुभयो । उहाँले जनताहरू शसक्त रूपमा भ्रष्टाचार विरोधी गतिविधिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्दीय कार्यालय सदस्य प्रेम सुवेदीले नेपाल तस्करी, कालो बजारी तथा भ्रष्टाचारको अखडा बन्दै गएको भन्दै त्यस तर्फ युवाशक्ती सचेत हुने बेला आएको बताउनुभयो । उहाँले संगठित रूपमा भ्रष्टाचारको भन्डाफोर र भ्रष्टचारीलाई कारवाही नगरे सम्म देशको विकास हुनै नसक्ने ठोकुवा गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका केन्दिय सदस्य सरद वलीले समाज रूपन्तरणको मुख्य बाधाका रूपमा भ्रष्टाचार जन्य चिन्तन नै रहेको बताउनुभयो ।
नेकपा (मशाल) रूपन्देहीका प्रवक्ता बाबुराम आचार्यको अध्यक्षता, दीपक पौडेलको संचालनमा भएको अन्तरक्रिया कार्यक्रममा नेसपा प्रदेश उपाध्यक्ष नारायण नागिला, नेकपा (मशास) जिल्ला सदस्य दयाराम खनाल, नेकपा माओवादी केन्द्र बुटवल नगर अध्यक्ष महेन्द्र भुषाल, राष्ट्रय स्वतन्त्र पार्टी क्षेत्र नं ५ का सदस्य यमलाल भट्टराई, वाम विश्लेषक विन बहादुर कुवर, राष्ट्रिय स्वाधीनताका लागि नागरिक अभियानका अध्यक्ष पदम कार्की लगायतले बोल्दै भ्रष्टाचार नियन्त्रणका लागि ठोस र प्रभावकारी कदम चल्नुको विकल्प नभएको बताएका थिए ।