गुल्मी। गुल्मीमा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकायाको चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी नवलकिशोर प्रधानका अनुसार शनिबार साझँ साढे ७ बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
बेहोस अवस्थामा रहेका घर्तीलाई थप उपचारको लागि गुल्मी अस्पताल ल्याइएकोमा गएराती नै मृत्यु भएको थियो ।