बुटवल नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनको दोस्रो दिन आज पनि बन्दसत्र सुरू भएको छ। निर्धारित समयभन्दा ढिलो भएको उद्घाटनसत्र सकिएपछि हिजो साँझ ६ बजेदेखि शुरु भएको बन्दसत्रका बांकी काम आज हुनेछन् । विहान ८ वजेदेखि शुरु भएको बन्दसत्रले राजनीतिक प्रतिवेदनहरुमाथि छलफल गरेर नयां नेतृत्व चयन गर्नेछ । आज निर्वाचन आयोगले निर्वाचनको प्रकृया समेत शुरु गर्नेछ ।
पहिलो दिनको बन्दसत्रमा प्रदेश कमिटीको तर्फबाट तयार भएको प्रतिवेदन पेस भएको छ भने अध्यक्ष मण्डलको गठन भएको छ।
प्रदेश प्रचार विभागका प्रमुख डिआर घिमिरेका अनुसार शनिबार प्रतिवेदन पेस हुनुअघि पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालको संयोजकत्वमा अध्यक्ष मण्डल गठन भएको थियो ।
अध्यक्ष मण्डलमा स्थायी कमिटीबाट काशिराज अधिकारी, दलबहादुर राना पोलिटब्युरो सदस्यबाट सूर्य थापा, नरूलाल चौधरी, शान्ता चौधरी केन्द्रीय सदस्यबाट सावित्रा अर्याल र सरिता खनाल सदस्य छन्।
शनिबार साँझ पेस भएको प्रतिवेदनमाथि आज पहिलो चरणमा समूहगत छलफल गरिने र प्रतिवेदन पास भएपछि बल्ल निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ ।