पाल्पा–पाल्पामा समुदाय स्तरकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तानसेन–४, स्थित घरमै बसेकी ४० वर्षिया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकोे छ।
लुम्बिनी मेडिकल कलेजमा उपचाररत महिलाको उपचारमा सहयोगी बसेकी महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।
बुधबार स्वाब संकलन गरेर परीक्षण भएकोमा बिहीबार पोजेटिभ रिपोर्ट आएको हो। बिरामीको थप उपचारका लागि काठमाडौँमा लैजानका लागि महिलाको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। महिलासँगै खटेका श्रीमान्को भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ।