बुटवल । बुटवलको कालिकानगरमा रहेको स्मृति मन्टेश्वरी एकेडमीले सातौँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्मृतिले स्थापना दिवसको अवसर पारी अभिभावकहरूसँग अन्तर सम्बाद सहित आफ्नो स्थापना दिवस मनाएको हो ।
स्मृति मन्टेश्वरी एकेडमीमा अध्यनरत प्ले ग्रुप, नर्सरी, एल।के।जी र यु।के।जीका बालबालिकाहरू र उनीहरुका अभिभावकहरुको सहभागितामा विविध संस्कृतिक कार्यक्रम सहित स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं-३ का वडा अध्यक्ष विष्णु ढकालले समाजमा शिक्षाको आधारशीलाका रूपमा मन्टेश्वरी स्कुलहरूले भुमिका खेलिरहेको बताउनुभयो । उहाँले नयाँ प्रविधि र समय अनुरूपका शिक्षण पद्धतिहरू विकास भैसकेको भन्दै ति प्रविधि र पद्धतिहरूलाई पनि अनुसरण गर्नु पर्ने बताउनुभयो ।
हेभनलि गार्डेन किड्स क्याम्पसका संस्थापक प्रिन्सपल तथा सिद्धार्थ लेडीज़ जेशिसका संस्थापक अध्यक्ष रचना क्षेत्रीले बाल मनोविज्ञानका आधारमा शिकाइ हुने मन्टेश्वरी विधि उत्कृष्ट विधि सावित भएको दावी गर्नुभयो ।
कार्यक्रममा बोल्दै बाल तथा युवा साइकोलॉजीकल काउनसिलर तथा थेरापिष्ट रन्जु शर्माले बालबालिकाको साइकोलोजी आध्यान गरी शिक्षण सिकाइलाई जोड दिनुपर्ने बताउनुभएको थियो ।
एकेडमीका संस्थापक प्रीन्सिपल नितु श्रेष्ठको अध्यक्षता भाइसप्रीन्सिपल अनु खनालको स्वागत र निशा बस्यालको संचालनमा भएको कार्यक्रममा अभिभावकहरूले समेत मन्तव्य राख्नु भएको थियो । स्थापना मुल समारोहमा विद्यार्थीहरूले कल्चरल नाच तथा गीतहरू प्रस्तुत गरेका थिए ।