रुपन्देही । बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा रुपन्देहीका ३७ वर्षीय पत्रकार मनोज हितंगाको ज्यान गएको छ ।
गएराती करिब सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार लु ८ प ९०६८ नम्बरको मोटरसाइकल र अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउदै गरेको सुपप्र ०७ –०२– ००१ ख १२५६ नम्बरको यात्रु बाहक बस बसपार्क नजिकै एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा घाईते हितंगाको लुम्विनी प्रादेशिक अस्पताल उपचारका क्रममा निधन भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिनुभयो ।
लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रुपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्विनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत हनुहुन्थ्यो ।
पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिव १५ बर्ष देखि बुटवलको बुद्धनगरमा बस्र्दै आउनुभएको थियो । हितंगाका बुवा,एक श्रीमती २ भाई हुनुहुन्छ ।