बुटवल । लुम्बिनी प्रदेशमा पटके पासको व्यवस्था गरिने भएको छ । प्रदेशका १२ जिल्लामै पटके पासको व्यवस्थाका लागि उद्योग, पर्यटन तथा यातयात व्यवस्था मन्त्रालयले तयारी थालेको हो ।
प्रदेशको बर्दिया, गुल्मी, अर्घाखाची, रुकुमपूर्व, प्युठान र रोल्पा सहित ६ जिल्लामा यातयात व्यवस्था कार्यलय तथा यातयात सेवा कार्यलय नहुदा जनतालाई समस्या भएको निश्कर्ष निकाल्दै ति जिल्लाबाट पनि पटके पास दिनेगरी तयारी थालिएको हो ।
उद्योग, पर्यटन तथा यातयात व्यवस्था मन्त्री जानकीप्रसाद यादवले हरेक जिल्लामा पटके बाटो ईजाजत पत्रको व्यवस्थापन गर्न थालिएको बताउनुभयो ।
‘नागरीकहरुलाई समस्या भएको बुझी हामीले सबै जिल्लाबाट मन्त्रालय मातहत रहेका जिल्ला स्थित कार्यलयबाट सेवा दिनेगरी पटके बाटो ईजाजत पत्रको व्यवस्थापन थालेका छौं । ’ मन्त्री यादवले भन्नुभयो । पटके पासकोलागि हाल सम्म रुपन्देही, दांग, नवलपरासी, कपिलवस्तु, बाके समेत ८ वटा कार्यलयबाट सेवा प्रवाह भईरहेको छ ।
मन्त्रालयको निर्णय अनुसार थप ६ ठाउ गरी १४ ठाउबाट पटके पासको सेवा प्रवाह गरिने भएको छ । यसैैगरी मन्त्रालयले लुम्बिनी प्रदेशका स्थानीय तहहरुमा हालसम्म घोषणा भएका २० वटा औद्योगिक ग्रामहरु मध्ये १० वटा औद्योगिक ग्राम छनौट गरी सम्बन्धीत पालिकालाई पच्चिस लाख रुपैया सशर्त अनुदान सहित दिने पनि गरेको छ ।