बुटवल। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्नुभएको छ ।
उहाँले आज आयोजित विशेष समारोहकाबिच विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्नुभएको हो ।
उहाँ आज बिहान दाङ आइपुग्नुभएको हो । काठमाडौँबाट हेलिकप्टरमार्फत उहाँ ११ः३० बजे दाङ आइपुग्नुभएको थियो।
लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा यादवप्रकाश लामिछानेले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।