बुटवल । बुटवल-बर्दघाट १३२ केभी डबल प्रसारण लाइनमा आजदेखि दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
नवलपरासी पश्चिम सुनवल नगरपालिका बडेरास्थित न्यू बुटवल सबस्टेशन नजिकै प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण गर्न विद्युत प्रसारण बन्द (सट डाउन) गर्न लागेको हो ।
नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाले सार्वजनिक सूचना जारी गर्दै आजदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको हो ।
प्रसारण लाइनमा विद्युत आपूर्ति बन्द हुँदा प्राधिकरणको बुटवल ग्रीड महाशाखा अन्तर्गत बुटवल, सुनवल र मैनहिया (रुपन्देही) सब स्टेशनहरुबाट सञ्चालित औद्योगिक क्षेत्र तथा गाह्रस्थ उपभोक्ताहरु प्र्रभावित हुने प्राधिकरणले जनाएको छ ।