काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइदैछ । नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ यस दिवस मनाउन लागिएको हो ।
तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले विसं २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । २०६० सालदेखि यस दिवस नियमित मनाउन थालिएको छ ।
निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतुलनिय हुन्छ । निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरुवाट ब्यवहारले सुशासन र प्रशासनप्रति जनविश्वास जाहेर गर्दछ ।