रुपन्देही । यौनिक तथा अल्पसंख्यक समुदायका अभियान्ता तथा अधिकारकर्मी आनिक रानाको उपचारमा आर्थिक अभाव भएको छ । अधिकारकर्मी राना मुखको क्यान्सरबाट प्रभावित चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ ।
अधिकारकर्मी रानाले उपचारमा आर्थिक रकम अभाव भएको भन्दैसहयोगका लागि सार्वजनिक अपील गर्नुभएको छ । तिलोत्तमा नगरपालिका —९ सुनयना पथ मिलिजुली टोल निवासी अधिकारकर्मी रानामगर साहसी कदम नेपालका अध्यक्ष हुनुहुन्छ ।
उहाँले लामो समयदेखि यौनिक तथा अल्पसंख्यक समुदायको अधिकार र पहिचानका लागि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
भैरहवामा रहेको एभरेष्ट बैंक लिमिटेडमा रहेको यमबहादुर राना (आनिक) को खाता नम्बर ००५००५०१००३७०४ मा रकम जम्मा गरिदिएर सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । अधिकारकर्मी राना जेठ ४ गतेदेखि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ ।