रुपन्देही । गत जेठमा सम्पन्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको अधिवेशन बदर गर्न माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन पेश गरी गत जेठ ३० सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुमनाथ अधिकारी उपर कारबाही गरी पुनः अधिबेशन गर्ने वातावरण बनाइदिन माग गरिएको हो ।
महासंघको दाङ जिल्लामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा अधिकारी उपर कारबाही गर्न तगा अधिबेशन नै बदर गर्न माग गर्दै रुपन्देहीको सैनामैना नगरपालिका –८ का नेत्रहिन संघ लुम्बिनी प्रदेशका अध्यक्ष बालकृष्ण मरासिनीले निवेदन दर्ता गराउनुभएको हो ।
अध्यक्ष सहित विभिन्न पदमा नेपाल सरकारको सेवा सुविधा लिने शिक्षकहरु निर्वाचित भएको भन्दै निर्वाचन प्रक्रिया रद्ध गर्न माग गरिएको छ ।
सालझण्डी माविका प्राथमिक तहको स्थायी शिक्षक समेत रहेका अध्यक्षमा निर्वाचित अधिकारीसहित अन्य पदमा समेत स्थायी शिक्षकहरु निर्वाचित भएकोले निर्वाचन बदरको माग गरिएको हो ।
नेपाल सरकाले गरेको शिक्षा ऐन २०२८ मा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन, काम वा कुनै व्यवसायिक क्रियाकलप गर्न नहुने व्यवस्था रहेको र शिक्षा नियमवयाली २०५८ को परिच्छेद २२ मा रहेको शिक्षक तथा विद्यार्थीको आचार संहिता विपरित रहेको भन्दै कारवाहीको माग गरिएको छ ।
निर्वाचनका समयमा विरोध गर्दागर्दै पनि निर्वाचन समितीले सुनुवाई नगरेका कारण प्रशसानले अध्यक्ष अधिकारीलाई कारबाही गरी महासंघको प्रदेश अधिबेशन पुनः गराउन मरासिनीले माग गर्नुभएको छ ।