काठमाडौं-२०७८ सालको राष्ट्रिय जनगणना अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढेको पाइएकाे छ । २०६८ काे जनगणना अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्या १९ लाख २१ हजार ४ सय ९४ जना थियाे ।
१० वर्षपछि यो संख्या बढेर २१ लाख ६९ हजार ४ सय ७८ जना पुगेको केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेकाे जनगणनाकाे प्रारम्भिक विवरणमा उल्लेख छ ।
१० वर्षअघिको तुलनामा २ लाख ४७ हजार ९ सय ८४ जना बढेको देखिएकाे हाे । अहिले विदेशीने महिलाको संख्या १८.७२ प्रतिशत छ । पुरुषकाे संख्या ८१.२८ प्रतिशत छ ।