बुटवल-बुटवलको तिनाउ पुलमा टिप्परले स्कुटीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। बिहीबार साँझ तिनाउ पुलमा पूर्वबाट पश्च्मि जाँदै लु २ ख ४९६७ नम्बरको टिप्परले लु ४४ प १६११ नम्बरको स्कुटीलाई पुलमा ठक्कर दिएको थियो।
दुर्घटनामा परी सर्लाही स्थायी घर भएका स्कुटीका चालक १९ वर्षीय आकाश पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका पटेललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
ठक्कर दिने टिप्पर र चालक इलाका प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेका छन्।