बुटवल – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव लुम्बिनीमा पनि परेको छ।
लुम्बिनी प्रदेशको मुकाम बुटवलसहितका क्षेत्रमा सार्वजनिक सवारी, व्यापार व्यवसाय चलेका छैनन्।
निजी दुईपांग्रे र चारपांग्रे गाडी फाटफुट चलेपनि सार्वजनिक सवारी चलेका छैनन्। मुख्य शहरमा बन्दकर्ताको उपस्थिति नरहेपनि बन्दको आंशिक प्रभाव देखिन्छ।
कपिलवस्तुमा बन्द गराउन हिँडेका विप्लवका जिल्ला जिल्ला सेक्रेटरी कमल केसीसहित १६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ।
प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीका अनुसार वाणगंगाका ४ नम्बर क्षेत्रबाट ९ जना, गोरुसिंगेबाट १ जना र चन्द्रौटाबाट ६ जनालाई नियन्त्रणमा लिइएको छ।


.jpg)
.jpg)