बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले बुटवलको बीचभागमा रहेको पूर्व पश्चिम राजमार्ग र उत्तर दक्षिण सिर्दाथ राजमार्गको संगमस्थलको रुपमा परिचित राजमार्ग चौराहा देखी गोलपार्क सम्मको सडक खण्डको बेहाल अवस्थाले मानव स्वास्थ्यमै असर पु¥याएको भन्दै तत्काल मर्मत सम्भार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
सडक डिभिजन कार्यालय बुटवलमा कार्यालय प्रमुख समक्ष बिहीबार ज्ञापन पत्र बुझाउँदै एमालेले जवाफदेही निकाय र निर्माण कम्पनीलाई तत्काल काम सुरु गर्न आग्रह गरेको छ ।
एमालेका उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीको नेतृत्वमा जिल्ला कमिटी उपसचिव, सचिवालय सदस्यलगायत नगर कमिटीका पदाधिकारी र सदस्यहरुको संयुक्त टोलीले सडक विभागको डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको एमाले बुटवल उपमहानगरका सचिव मेघराज भट्टराईले जानकारी दिए।
गोलपार्क देखी बेलहिया नाका सम्मको यस व्यापारिक मार्ग विस्तार आयोजना अन्र्तगत बाँकी खण्डको काम सम्पन्न भएपनि राजमार्ग चौराहा देखि गोलपार्क सम्मको सडकखण्ड वर्षौसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रर्वद्धनमा समेत ठूलो अवरोध सिर्जना भएको एमाले बुटवलको ठहर छ ।