बुटवल। सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।
सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाका अनुसार आइतबार बिहान भएको दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ।
उनका अनुसार ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परी सडकबाट २ सय मिटर तल खसेको छ। बसमा ३० जना यात्रु रहेको बताइएको छ। १८ जना घाइतेको सल्यानमा उपचार भइरहेको छ।
सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।