बुटवल। आज भाइ टीका। हिन्दू धर्मावलम्बीहरूमा दिदी/बहिनीले दाइ/भाइको पूजा गरि आज यो पर्व नेपालभरमनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
विकास समितिका अनुसार कात्तिक २० गते, बिहान ११ बजेर २ मिनेटमा भाइटीका को उत्तम साइत छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।