बुटवल-रुपन्देहीमा तिहारमा देउसी भैलो खेल्न अनुमति दिएपनि रातीमा भने रोक लगाउने तयारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना महामारी फैलिन सक्ने जोखिम अझैपनि कायमै रहेकाले दिउसोमा मात्रै स्वास्थ्य मापदण्ड पालना गरेर देउसी भैलो खेल्न अनुमति दिनेगरी तयारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले केही दिनमै औपचारिक रुपमा आदेश जारी गर्ने बताए।
उनका अनुसार प्रशासनले देउसी भैलो खेल्नका लागि समय तय गरिनेछ। उनले देउसी भैलो खेल्दा मास्क र भौतिक दुरी कायम गर्नुपर्ने बताए।