बुटवल। बर्ष २०२१ का लागि दुई जना रसायनशास्त्रीले नोबेल पुरस्कार पाएका छन्।
नोबेल फाउण्डेशनले बेन्जामिन लिस्ट र डेविड म्याकमिलनलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो। तेस्रो किसिमको उत्प्रेरकको विकास गरेवापत उनीहरुलाई पुरस्कृत गरिएको फाउण्डेशनले जनाएको छ।
रसायनका अध्येताहरुले लामो समयदेखि एक आपसमा अन्तरसम्बन्ध नराख्ने दुई भिन्न उत्प्रेरक मात्रै पाइन्छन् भन्ने विश्वास गर्दथे। तर लिस्ट र मकमिलनले यी दुईभन्दा भिन्दै तेस्रो किसिमको उत्प्रेरक विकास गरे। जसलाई रसायनशास्त्रीहरु 'एसिमेट्रिक अर्गानोक्याटालाइसिस' भनेर चिन्छन्।
उनीहरुको खोजले यौगिक संरचनालाई एक नयाँ तहमा पुर्याएको नोबेल फाउण्डेशनले बताएको छ। 'यसले रसायनशास्त्रलाई हरियो बनाएको मात्रै छैन, विषम यौगिक उत्पादन गर्न पनि निकै सहज पुर्याएको छ।'