दाङ । दाङ देउखुरीबाट जंगली जनावरको ५० किलो सुकुटी सहित दुई जना पक्राउ परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी २८ वर्षीय बलबहादुर कुमाल र मीनबहादुर वलीपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
राजपुरको कालिपुरुवाबाट सतबरिया तर्फ आउँदै गरेको रा ३ प ३०६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा दुई वटा चामलको बोराभित्र करिब ५० किलो सुकुटी बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले कुन जनावरको मासु भनेर यकिन गर्न अनुसन्धान अगाडि बढाएको छ। पक्राउ परेकाहरूलाई कानूनी प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय देउखुरीलाई बुझाउने प्रवक्ता रिजालले बताए ।