बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक गणेश पंगेनी एक हप्तापछि धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट हिजो सोमबार उनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका प्रवक्ता विजयराज पौडेलले ईलाका प्रहरी कार्यालय बुटवलबाट पेश हुन आएको अमर्यादित व्यवहारको मुद्दा हेरेपछि प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले धरौटीमा छाडेको जानकारी दिए।
पङ्गेनीले भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका गर्न गएको बेला मेयर सुवेदी माथि द्रुव्यबहार गरेका थिए । प्रहरीले उनलाई सोहि दिन साँझ पक्राउ गरी सार्वजनिक मुद्दा अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरेको थियो । मेयर सुवेदीलाई द्रुव्यबहार गर्ने पङ्गेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित हुन् ।