बुटवल-पहिरो खसेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तरगत बुटवल-तानसेन सडक खण्डमा पहिरो हटाउने प्रयास भइरहेको छ। तर पहिरोसँगै आएका ठूला ठूला ढुंगाहरु हटाउन नसकेका कारण सडक खुल्न सकेको छैन।
हिजो बेलुका ५ बजेतिर खसेको पहिरो हटाउन हिजोदेखि नै प्रयास भएपनि हट्न नसकेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। सिद्धार्थ राजमार्गको पाल्पा तिनाउ गाउँपालिका दोभानमा पहिरो हिजो सोमबार बेलुका ५ बजेतिर पहिरो खसेको थियो। सडक नै ढाकिने गरी पहिरो खसेको प्रहरीले जनाएको छ। सो सडकखण्डमा गुड्ने गाडी अलपत्र परेका छन्।