बुटवल । बुटवलमा निर्माणाधीन घरबाट खस्दा एक जना मजदूरको मृत्यु भएको छ । सोही घटनामा अर्काने एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ वनभुटानी स्थायी घर भएका ३० वर्षीय किसन चौधरी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देवबहादुर खत्रीको निर्माणाधीन घरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा आइतबार बाँस भाँचिएर लड्दा चौधरी गम्भीर घाइते भएका थिए । चौधरीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने गर्दा बाटोमा नै मृत्यु भएको हो । सोही घटनामा बाँकेकोकोहलपुर नगरपालिका–२ बर्दहवाका २५ वर्षीय गोबिन्दप्रसाद थारु घाइते भएका छन् ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैइ रहेको छ ।