बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा असोज १६ गतेसम्मका लागि थप भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गरी निषेधाज्ञा असोज १६ गते राति १२ सम्मका लागि थप गरिएको जनाएको छ । निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गरेर सबै गतिविधि सञ्चालन गर्न भने अनुमति दिएको छ ।