गुल्मी-गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–१ हुँगा निवासी ३३ वर्षकी गिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए। शनिबार बिहान घाँस काटन गएकी महिला भिरबाट करिब १ सय ५० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिए ।