बुटवल- लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन्। कुलप्रसाद केशीको मुख्यमन्त्री बनेसँगै प्युठानका सुवेदी मुख्यन्यायाधिवक्तामा नियुक्त भएका हुन्।
सुवेदीलाई सोमबार उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नीता गौतम दिक्षितले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गराइन्। मुख्यमन्त्री केसी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेलगत्तै मुख्यन्यायाधिवक्ताको सपथग्रहण भएको थियो।
सपथग्रहणमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्तीलगायत प्रदेशका उच्च पदस्थ व्यक्तिहरुको सहभागितामा थियो ।