बुटवल-रुपन्देहीको बुटवलमा शुक्रबार राती भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-१० रामनगरमा भएको दुर्घटनामा बुटवल-११ कालिकानगरका २१ वर्षिय सुशील कवँर र सियारी गाउँपालिका-६ अमुवाका २२ वर्षिय रोशन गुरुङको मृत्यु भएको हो ।
रामनगरमा रोकीराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको मिनि ट्रक ठोक्किदा २ जनाको मृत्यु भएको हो ।
गुरुङको घटनास्थलमै र कवँरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
मिनिट्रकका चालक बुटवल-११ प्रतिनगरका २५ वर्षिय गोपाल दंगाल भने सामान्य घाइते भएका छन् । बिग्रिएर रोकिराखेको ट्रकमा मिनि ट्रक ठोक्किएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक गोबिन्दप्रसाद रेग्मीले जानकारी दिए ।