बुटवल - लुम्बिनी सरकारको प्रमुख सचिव भएर डिल्लीराम शर्मा आउने भएका छन्। विहिवार बसेको मन्त्रिपरिषदको बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गर्दै लुम्बिनी प्रदेशको प्रमुख सचिवमा नियुक्त गरेको हो। लुम्बिनीका प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालययमा सरुवा गरिएको छ।
रिक्त रहेको एक सचिव बढुवा गर्नका लागि बुधबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतमा सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन सहसचिवको नाम सिफारिस गरेको थियो। एक नम्बरमा बढुवाका लागि सिफारिस भएका शर्मालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो।
सात महिनाअघि बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सहसचिवबाट सचिवमा बढुवा गरेर लुम्बिनी प्रदेशको प्रमुख सचिवमा नियुक्त गरेको थियो।