काठमाडौं । चीनबाट आठ लाख मात्रा भेरोसेल खोप नेपाल आइपुगेको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। यसबाहेक बिहीबार बेलुकी आठ बजे आठलाख खोप आउन लागेको पनि मन्त्रालयले जानकारी दिएको छ ।