बुटवल । रूपन्देहीमा ५२ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १८० जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । योसँगै जिल्लामा ४४८ जना सक्रिय संक्रमित पुगेका छन् । थपिएका संक्रमितमध्ये २२ जना बुटवलमा, १ जना सिद्धार्थ नगरपालिकामा, १६ जना तिलोत्तमामा, ५ जना देवदहमा, ६ जना सैनामैनामा, २ जना ओमसतियामा थपिएका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३० हजार ३३ पुगेका छन् ।