बुटवल । रुरू मिलन केन्द्र नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मृगौलाको समस्याबाट ग्रसित भएकी २३ बर्षीय सिसम ज्ञवालीलाई ४० हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।
केन्द्रको पाँचौं स्थापना दिवसको अवसरमा मृगौला रोगबाट ग्रसित गुल्मी रुरुक्षेत्र वडा ३ निवासी बिष्णु र शिला ज्ञवालीको २३ बर्षिय छोरीको उपचारका लागि उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष जमुना सुबेदीले बताइन् ।
समाजको स्थापनादेखि नै सेवामुखी कार्यलाई निरन्तरता दिदै अगाडि बढिरहेको सचिव अनुपमा श्रेष्ठले बताइन् । सो सहयोग रकम समाजका पदाधिकारी,सल्लाहकार,सदस्यहरुले नै उठाएर बिरामीलाइ दिइएको रुरु मिलन केन्द्र नेपाल रुपन्देहीले जनाएको छ ।
मृगौला पिडित ज्ञवाली परिवारले आर्थिक सहयोगको याचना समेत गरेका छन् उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतामा उपचार भैरहेको छ ।
सहयोग गर्न चाहनुभएमा सिसनको नाममा रहेको तिनाउ मिसन बैंकको खाता नं ००४०००१७७०१ एन मा जम्मा गर्न सक्नुहुनेछ ।