बुटवल । रूपन्देहीमा ५२ जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १९३ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । योसँगै जिल्लामा ४१३ जना नयाँ संक्रमित पुगेका छन् । थपिएका संक्रमितमध्ये २३ जना बुटवलमा, ३ जना सिद्धार्थ नगरपालिकामा, १६ जना तिलोत्तमामा, १ जना देवदहमा, सियारीमा २ जना सैनामैनामा ४, १ जना ओमसतियामा र शुद्धोधनमा १ जना थपिएका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या २९ हजार ९ सय ८१ पुगेका छन् ।