बुटवल- रुपन्देहीको कञ्चन गाउँपालिकामा प्रहरीले अबैध काठ बरामद गरेको छ। कञ्चन गाउँपालिकाको बरपिपल स्थित सन्डुवा भित्री सडक खण्डको बाटोमा १२.९७ क्यु फिट काठ बरामद गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलिले नम्बर नखुलेको रातो रंगको अटो रिक्सामा काठ बरामद गरेको हो । बरामद काठको मूल्य ३ लाख २४ हजार रहेको प्रहरीको भनाई छ ।
बरामद गरिएको काठ कञ्चन सब डिभिजन बन कार्यालय फारलाइनमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले बताए।