बुटवल । रूपन्देहीमा ४० जना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १५० जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । योसँगै जिल्लामा ३९८ जना नयाँ संक्रमित पुगेका छन् । थपिएका संक्रमितमध्ये २१ जना बुटवलमा, १ जना सिद्धार्थ नगरपालिकामा, २ जना तिलोत्तमामा, ४ जना देवदहमा, ११ जना सैनामैनामा र १ जना ओमसतियामा थपिएका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या २९ हजार ९ सय २९ पुगेका छन् ।