चन्दाैटा- कपिलबस्तुमा दुर्लभ रेडपाण्डाको छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोडका २९ वर्षिय खगेन्द्र पुरी, सोही ठाउँकै ३२ वर्षिय आशिस जोगी र २६ वर्षिय सौरब राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।
उनीहरुलाई जिल्लाको बाडगंगा नगरपालिका–४ सिद्धिपुरबाट नियन्त्रणमा लिएको कपिलबस्तुका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए।
विशेष सूचनाका आधारमा विहिवार बेलुका साढे ६ बजे सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको १०४ नम्बर कोठामा खानतलासी गर्दा २ वटा रेड पाण्डाको छाला, पुच्छर सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।