बुटवल-रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीका अनुसार उनी आज पक्राउ परेका हुन्।
उनी सिके राउत नेतृत्वको जनमत पार्टीका नेता हुन्।
उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।