बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.११ पिपलडाँडाबाट प्रहरीले अबैध सालको काठ बरामद गरेको छ ।
फोहोर फ्याँक्ने डम्पिङ साईडको जमिनमुनि काठ लुकाई राखेको अवस्थामा काठ बरामद भएको हो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक दिवाकर रिजालको कमाण्डमा गएको प्रहरी टोलीले जमिनमुनि लुकाई छिपाई राखेको ९४.५३ क्यू फिट १३ १३ गोलिया फेला पारेको हो । २ लाख ३५ हजार रुपैयाँ बराबरको अबैध सालको काठ बरामद गरि आवश्यक कारवाहीको लागि कञ्चन सव- डिभिजन बन कार्यालय फायरलाईन रुपन्देही पठाईएको प्रहरीले जनाएको छ ।