बुटवल । बुटवल-पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा मंगलबार बिहान १० बजे खसेको पहिरोमा परी एक सवारी दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक(डीएसपी) रामेश्वर त्वातीले पहाडबाट खसेको ढुङ्गाले लागेर बा १८ च ७३३६ नं को स्कार्पियो सडकबाट तल तिनाउमा खसेको छ ।
घटनास्थलमा प्रहरीले उद्दारको काम गरिरहेको भएपनि यसबारे थप विवरण अझैं आइनसकेको उनले जानकारी दिए ।