काठमाडौँ । पहिलो मात्रा कोभिशिल्ड लगाएकाहरुका लागि दोस्रो मात्रा खोपका लागि आजदेखि अभियान सुरु भएको छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतले भुटानबाट खोप आइसकेकोले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिए ।
डा. गौतमले जापानबाट आएको र भुटानबाट आएको खोप लगाइने जानकारी दिए । कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने भएको छ ।