काठमाडौँ - आज देशभर सामान्यदेखी पूर्ण बदली रही धेरै स्थानमा हल्का देखी मध्यम बर्षाको सम्भावना रहेको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । माहाशाखाले जारी गरेको विवरणमा अबको तीन दिनको धेरै स्थानमा सामान्य देखी पूर्ण बदली रहने र कतिपय स्थानमा बर्षा हुने जनाएको छ।
महाशाखाका अनुसार आज भोली र पर्सि देशको पूर्वी भागमा मेघ गर्जन सहित भारी वर्षाको सम्भावना रहेको र लुम्बिनी प्रदेश सहितका बाँकी भुभागमा सामान्य बदलीदेखी पूर्ण बदली रही केही स्थनामा हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ ।
अहिले पनि लुम्बिनी प्रदेश लगायतका विभिन्न ठाउँमा हलुका वर्षा भइरहेको छ । हाल नेपालमा मनसुनी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।