गुल्मी - गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। लु ३ त ३९९ नम्बरको ट्याक्टर जिल्लाको बुधबार राती सत्यवति गाउँपालिका ६ हटियामा दुर्घटना हुँदा चालक रुरु क्षेत्र गाउँपालिका ५ का ३३ वर्षिय दीपक माझीको मृत्यु भएको हो ।
सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो। दुर्घटनामा सह-चालक समान्य घाइते भएको प्रहरीले जनाएको छ। सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ जाँदै गरेको गरेको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा सह(चालक समान्य घाइते भएको प्रहरीले जनाएको छ।