बुटवल-सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा एउटा गाडी च्यापिएको छ।
पाल्पाको तिनाउ गाउँपालिका- ३ सिद्धबाबा अगाडि (हेडबक्स नजिँकै) पहिरो खस्दा बोलेरो गाडी च्यापिएको हो।
सोमबार साँझ पाल्पाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडी पहिरोले च्याप्दा ३ जना घाईते भएका छन्।
घाईतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख योगेन्द्र सिंह थापाले घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको बताए। पहिरो खसेपछि सो सडकखण्ड अवरूद्ध भएको छ।