बुटवल । बुटवल उपमहानगरपालिकामा भोलीदेखि तीन दिनसम्म ५० देखि ५४ बर्ष समूहका व्यक्तिहरुलाई जोनसोन एण्ड जोनसोन खोप लगाइने भएको छ ।
बुटवल उपमहानगरपालिकाले जारी गरेका सूचना अनुसार भोली शुक्रबार, शनिबार र आइतबार उक्त समूहलाई खोप लगाइने भएको हो ।
सूचनाअनुसार १५ गते शुक्रबार वडा नं ३, ५, ७, ८, १०, ११, १५, १६, १७ र १८ मा लगाइने छ । त्यस्तै १६ गते शनिबार वडा नं १, २,४, ६, ९, ११, १२, १३, १४ र १९ गते लगाइने छ ।
त्यस्तै १७ गते सबै वडामा लक्षित बर्गले मात्रै लगाउन पाउने छन् । लक्षित बर्गमा पूर्ण र अति अशक्त (क र ख बर्ग)का १८ बर्षभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको हो ।
नगरपालिकाले उपलब्धताका आधारमा खोप लगाउने जानकारी दिएको छ ।

