बुटवल-रूपन्देहीका पहिलो कोरोना भाईरसबाट संक्रमित युवा निको भएका छन् । कोटहीमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो ।
तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट उनलाई डिस्चार्ज गरिएको अस्पतालका फोकल पर्शन डा सुदर्शन थापाले जानकारी दिए ।
उनको गत शुक्रबार र सोमबार गरिएको दुबै स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा रामनगरस्थित बुटवल धागो कारखानामा संचालित आइसोलेसन अस्पतालमा राखिएको थियो । आइसोलेसन अस्पतालभित्रै गीतमा नाचेको उनको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो ।