बुटवल-कपिलवस्तुमा माछा पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ८ बेलहवास्थित तरवेज धनियाका छोराहरु १२ वर्षीय सलमान धुनिया मुसलमान र १० वर्षीय अरमान धुनियाको पोखरीमा डुबेर मृत्यु भएको हो।
गाँउ नजिकै रहेको सामुदायिक माछा पालन केन्द्रको पोखरी छेउँमा खेल्न गएको बेला भाई चिप्लिएर पोखरीमा खसेको र उनलाई बचाउँन खोज्दा दाजु सलमान पनि डुबेको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ।
पोखरीमा डुबेर अचेत भएका उनीहरुलाई जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए।