नवलपूर-नवलपुरको कावासोतीमा जंगली च्याउँ खादा एकै परिवारका ३ जना बिरामी परेका छन्। कावासोती नगरपालिका १२ पिठौली बस्ने एकै घरका ३ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
कावासोती नगरपालिका १२ पिठौलीका एक परिवारले घर पछाडि रहेको काठको टौवामा उम्रेको च्याउँ खादा सोमबार अचेत भएको सूचना अधिकृत प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए।
खाँणका अनुसार वर्ष ४३ की उमा गुरुङ, छोरी वर्ष २२ की नौमाया गुरुङ र छोरा वर्ष १६ का टुपेश गुरुङ अचेत अवस्थामा रहेका छन्। उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ।