पाल्पा – सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल पाल्पा सडकखण्डको लामीडाँडामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थालमै ज्यान गएको छ। दुर्घटनामा तानसेन २ मेहलधारा बस्ने वर्ष ५५ की मधु श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा मृतक श्रेष्ठको श्रीमान मोटरसाइकल चालक हिमाल प्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन्। मृतक मधु र घाइते हिमाल श्रीमान श्रीमती रहेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
तानसेनबाट बुटवल जाँदै गरेका श्रीमान–श्रीमती सवार लु ७ प ४३४ नं को मोटरसाइकलाई लामीडाँडा भन्ने स्थानमा लु २ ख ३१७८ नं को टिपरले ठक्कर दिँदा मोटरसाकलको पछाडि सवार मधुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।
ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।