काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार गर्ने व्यक्ति पूर्वमाओवादी कार्यकर्ता रहेको खुलेको छ। प्रहरीका अनुसार जुम्ला सिन्जा गाउँपालिका-२ का रतन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका हुन्।
रतनलाई सिंहदरवार प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखारीका प्रवक्ता एसएसपी श्याम प्रसाद ज्ञवालीले जानकारी दिए।
राजधानीको राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो। प्रचण्डलाई लक्षित गरेर जुत्ता प्रहार गरिए पनि मन्चमा पुगेको थिएन।