दाङ–दाङ स्थित कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचार गराईरहेका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको विहान र तुलसीपुर उपमहानगरपालिका–९ निवासी ४८ बर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए । तुलसीपुरका संक्रिमतलाई शनिबार मात्रै अस्पताल ल्याइएको थियो । एचडीयू बेडमा राखेर उपचार भइरहेको थियो ।
अक्सिजन अभाव
कोरोना बिशेष अस्पतालमा मौजुदा भएको अक्सिजन सकिएको छ । जसले गर्दा कोरोना संक्रिमत बिरामीको ज्यान जोखिममा परेको हो । अस्पतालमा ५९ संक्रमित छन् । जस मध्य ४० जनालाई दिइएको अक्सिजन मौजाद सकिएको छ । अक्सिजनको व्यवस्थापन तत्काल गर्न नसकिएमा संक्रिमतको ज्यान जोखिममा पर्न सक्ने व्यवस्थापक वलीले बताए । अक्सिजन चाहियो भनेर पटक पटक जानकारी गराउदा पनि व्यवस्थापन नभएको बताए । कोरोना बिशेष अस्पतालमा शनिबार मात्रै १० आईसीयू, ५० एचडीयू र ४० सामान्य गरी १ सय वेड तयार पारिएको थियो । यसअघि ५ आईसीयू र ३० सामान्य गरी ३५ वेड मात्रै थिए ।